१८ भाद्र २०७८, शुक्रबार

काठमाडौं । टोकियो पारालम्पिकको तेक्वान्दोतर्फ नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन रिपेजतर्फ सेमिफाइनल पुगेकी छन् ।

पहिलो खेलमा बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी पलेशाले रिपेजमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् । रिपिचेजको क्वाटरफाइनलमा पलेशाले अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई पराजित गरिन् ।

के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौलसमूहमा पलेशाले ब्रियान्नालाई १०–० ले पराजित गरेकी हुन् । यो जितसँगै पलेशाले कास्य पदक जित्ने सम्भावना कायम राखेकी छन् ।

अब पलेशाले सेमिफाइनलमा सर्बियन खेलाडी मारिया मिसेभसँग खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV