१८ भाद्र २०७८, शुक्रबार

कास्की । पोखरा विश्वविद्यालय हल्ट प्राईज २०२१/२०२२ को तयारी सुरु भएको छ ।

पोखरा विश्व विद्यालय केन्दि«य क्याम्पसले अन्तराष्ट्रिय सामाजिक उद्यमशिलता चुनौती २०२१/२०२२ आयोजना गर्ने तयारी गरेको छ ।

एक मिलियन अमेरिकी डलर गोलोबल स्र्टाटअप पुरस्कार रहेको हल्ट प्राईज विश्वविद्यालय अध्यनरत विद्यार्थीमा अन्तरनिहित नविनतम सोचलाई उजागर र मार्गनिर्देश गरि उद्यमशीलतालाई प्रोत्साहन गर्ने माध्यम हो ।

कुसुमशिला भट्टको नेतृत्वमा २०१७ मा स्थापित भएको हल्ट प्राईज पोखरा विश्वविद्यालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सफल रहेको छ ।

२०२१/२०२२ का क्याम्पस निर्देशक आशिष लामिछानेको नेतृत्वमा बिल बोर्डमा पर्न सफल रहेको यस कार्यक्रमलाई यो वर्ष भने उक्त क्याम्पसका सहायक निर्देशक प्रशान्त भुषालको नेतृत्वमा हुने भएको छ ।

विगतमा भएका उपलब्धिलाई कायम गर्दै यस वर्ष थप सुदृढ ढंगले हल्ट प्राईज फाउन्डेसनद्धारा निर्देशित सम्पूर्ण कार्य कुशलतापुर्वक सम्पन्न गर्न आफु प्रतिबद्ध रहेकोे निर्देशक भुषालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV