१८ भाद्र २०७८, शुक्रबार

काठमाडौं । टोकियो पारा ओलम्पिकको खेलमा पलेशा गोवर्धन ग्रेट ब्रिटेनकी बेथ मुनरोसँग पराजित भएकी छन् । उनले बेथ मुनरोसँग के४४ विधाअन्तर्गत ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।

पलेशा गोवर्धन टोकियो पारा ओलम्पिकको पहिलो खेलमा नै सहजै पराजित भएकी हुन् । उनी बेथ मुनरोसँग २१\८ अंकले पराजित भएकी हुन् ।

उनी पराजित भएपनि टोकियो पारा ओलम्पिकमा कांस्यका लागि भने प्रतिस्पर्धा गर्न पाउने छिन् । तर कांस्यको लागि पनि उनले आजै प्रतिस्पर्धा गर्नु पर्नेछ । अमेरिकी खेलाडी ब्रियान्ना सालिनारासँग उनले कांस्यका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।

एसियन पारा तेक्वान्दो च्याम्पियनसिपकी कांस्य जितेकी पलेशा नेपालबाट टोकियो पारा ओलम्पिकमा सहभागी हुने एकमात्रै खेलाडि हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV