१८ भाद्र २०७८, शुक्रबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बाह्रबिसे , सिन्धुपाल्चोकमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड” को उद्घाटन गरेको छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले बाह्रबिसेमा पनि शोरुम संचालनमा ल्याएको छ ।

यस उद्देश्यलाई सार्थक बनाउन सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेडका प्रोपराइटर राजेश श्रेष्ठ ज्यूलाई डिलरसीप प्रदान गरिएको छ ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम महत्व प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ ।

यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले भन्नु भयो, हामी बाह्रबिसेमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।

बाह्रबिसेमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV