१८ भाद्र २०७८, शुक्रबार

भक्तपुर । आजदेखि नेपाली कांग्रेसको वडा अधिवेशन शुभारम्भ (उद्घाटन) भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरबाट वडा अधिवेशन शुभारम्भ गर्नुभएको हाे ।

सूर्यविनायक नगरपालिकाका वडामा हुने वडा अधिवेशन शुभारम्भ गर्न देउवा भक्तपुर पुग्नुभएको थियाे । प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए अनुसार उहाँले अधिवेशनकाे शुभारम्भ गर्नुभएकाे हाे ।

आजदेखि वडा अधिवेशन र २१ भदौदेखि निर्वाचन हुने यसअघि नै कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन्।

कांग्रेसले आज देशभरका ६ हजार सात सय ४३ वडामा अधिवेशन गर्ने भनेको थियो । तर, आज ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन हुने बताइएको छ।

यही भदौ २७ गते गाउँ-नगर अधिवेशन हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV