१८ भाद्र २०७८, शुक्रबार

काठमाडौँ । हिन्दू धर्ममा ऋषिमुनि, ब्राम्हण, वैद्य र ज्योतिषीको उच्च स्थान छ । त्यस्तै तन्त्रमन्त्र विद्याका ज्ञाताकारलाई समाज मान्ने चलन अझै छ । तर पछिल्लो समय धामी झाक्रीदेखि लिएर बिभिन्न नामधारी माताहरुको पनि उपस्थिति पनि बाक्लो बन्न थालेको छ । समाज अहिले यिनै धामी झाक्री र माताहरुप्रति लठ्ठ छ ।

वर्षौदेखि अन्धविश्वासले जरो गाडेको समाज यो ढंग र ढोंग भन्दा बाहिर जाने अवस्था पनि देखिएको छैन ।

जस्तोसुकै समस्या पनि छुमन्तर गरिदिने नाममा यस्ता माताहरुको विश्वासमा पर्दा धेरैका विल्लिबाँठ पनि भएको छ ।

धर्मको नाममा मानिसलाई ठग्न जति सजिलो अन्य विषय हुन्न पनि । धर्मप्रति आस्थावान आस्तिकहरु चाँडै टुनामुना, तन्त्रमन्त्र, ज्योतिषी विद्या र माताहरु पनि लठ्ठिने गरेका छन् । तर यसरी लठ्ठिदा उनीहरु लुटिएको भने थाहा पाउँँदैनन ।

अहिले यस्तै एक माताको उदय भएको जो आफुलाई पाथीभरा माताको नामले चिनाउँदै आएकी छिन् । हुनत उनी पुरुष हुन् तर माता आफ्नो शरीरमा प्रवेश गरेको दावी गर्ने उनले आफुलाई पाथीभरा माता भएको दावी गर्दै आएका छन् । उनीबाट पीडितहरुको पीडा हामीले यस अघिको संस्करणमा पनि गरिसकेका छौ । तिनै माताबाट पीडित थप समूह पनि न्यूज २४ को कार्यालयमा आइपुगेको छ ।

पाथीभरा माताको नाम बेचेर अनिलले देखाएको दुस्साहस

सच्चा माताको धर्म हो– भक्तजनलाई आर्शीवाद दिने,उनीहरुको हितको लागि काम गर्ने र भक्तजनहरुलाई भक्तिका सही मार्ग देखाउने । तर पैसा कमाउने नाममा कतिपय माताहरुले जनतालाई आतंकित पार्ने गरेका छन् ।यसको एउटा उद्धारण बनेका छन् – अनिल बमजन । उनले आफूलाई पाथीभरा माताको शक्तिको अवतार भएको भन्दै सयौँ मानिसहरुलाई ठग्ने गरेका छन् । आम–मानिसलाई भ्रमित पारेर,भाग्य हेर्ने,बताउँदै बमजनले भक्तजनलाई आफ्नो जालमा पार्ने गरेका छन् । भक्तजनलाई जालमा पार्ने र आफ्नो माग पूरा नभएपछि उनीहरुलाई नष्ट गरिदिन्छु,सिध्याई दिन्छु भन्दै डर त्रास देखाउँने गरेको उनकोमा पुगेका सर्वसाधारणको गुनासो छ ।

मागेको नदिए समुल नाश गरिदिने धम्की

हामीले यस अघिको श्रृंखलामा पाथीभरा माता बताउने अनिल बमजनले पाथीभरा माताको नाममा भक्तजनसंग ठगी धन्दा चलाउँदै आएका छन् । ठगी धन्दा चलाउँदै आएका माताले भक्तजनबाट आफ्नो माग पूरा नहुने देखेपछि प्रतिशोध साँध्ने,डर देखाउने, समुल नाश गरिदिन्छु भन्दै धम्क्याउँने गरेका छन् । माताले आफ्नो समूह लगाएर कुटपीट समेत गर्ने गरेका छन् । पीडितले प्रहरी प्रशासनलाई गुहार्दा पनि न्याय नभएपछि उनीहरु न्याय खोज्दै न्यूज ट्वेन्टीफोरको कार्यालयसम्म आइपुगेका छन् । उनीहरुले प्रहरीमा अनिल बमजनविरुद्ध उजुरी दिँदा पनि प्रहरीले बमजनलाई पक्राउ नगरेको गुनासो गरेका छन् ।

प्रहरीले मातालाई बोलाउन मानेन

पीडितहरु न्याय खोज्दै न्यूज ट्वेन्टीफोरको कार्यालय आइसकेपछि हामीले यस विषयमा बुझन् स्वयम्भू प्रहरी वृत्तलाई सम्पर्क गरेका थियौँ । पीडित उजुरी दिएका यही वृतका प्रहरी नायव उपरीक्षक मिलन केसीले बमजनलाई प्रहरी चौकी बोलाउनु पर्ने कारण नभएको जवाफ दिए ।

छिमेकीहरू आजित

माताको रुपमा आतंक मच्चाई रहेका बमजनले उक्त क्षेत्रका स्थानीयलाई बसिखान समेत दिएका छैनन् । ठूलो स्वरमा हुने हल्लाखल्ला र भीडले सोही क्षेत्रका स्थानीयहरुले हैरानी खेप्नुपरेको छ । हरेक दिन २४ सै घण्टा हुने हल्लाखल्लाले स्थानीयको अमन चयन खोसेको छ ।

माता बमजनविरुद्ध बोल्न डराउने स्थानीयहरुले, माता बताउने बमजनका अनैतिक क्रियाकलापका बारेमा सिधाकुराले पर्दाफास गरेपछि बोल्ने आँट गरेका गरेका छन् । सोही आँट लिएर पीडितहरु माता बनाउने बमजनको भण्डाफोर गर्ने उद्देश्यले बिहीबार न्यूज ट्वेन्टीफोरको कार्यालयसम्म आइपुगे ।

अनैतिक कर्मको अखडा 

माताको नाममा आतंक मच्चाई रहेका बमजनका कारण त्यस क्षेत्रका स्थानीयले ठूलो सास्ती भोग्नु परेको छ । हल्लाखल्ला नगर्न र उछृंखल गतिविधि नगर्न स्थानीयले आग्रह गर्दा उल्टै बजमनले गुण्डा लगाएर कुटपीट गर्न लगाएको गुनासो पनि उ ।

बमजनले घर भाडामा लिएर चलाएको तथाकथित आश्रममा अनैतिक काम हुँदै आएको आरोप पनि स्थानीयको छ । माताको आश्रममा हरेक दिन ठूलो संख्यामा युवा युवतीहरु जम्मा हुने गरेको पनि स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV