१८ भाद्र २०७८, शुक्रबार

काठमाडौं । नेपाली समाजमा अन्धविश्वासले जरो गाडेको सदियौँ बितिसक्यो । २१ औं शताब्दीको वैज्ञानिक युगमा पनि अमुक शक्तिको चमत्कार र शक्तिमा विश्वास राख्नेको कमी छैन । धर्मकर्म अनुशासनको पक्ष हो । आस्तिक बन्नु सतकर्ममा बाँधिएर समन्यायको सिद्धान्तलाई अंगाल्नु हो । मठ, मन्दिर,गुम्बा,मस्जिद र चर्च मानिसको आस्था र विश्वासको धरोहर हो । तर यही अध्यात्मको डोरो चढेर मानिसको विश्वासमाथि खेल्न खोज्नेहरुको कुनै कमि छैन यहाँ ।

तन्त्रमन्त्र, जादू टुनामुनाको जगमा टेकेर लुट्ने र ठग्नेहरुले अझै पनि धेरै नेपालीलाई ठग्दै आएका छन् । समाजमा अहिले जताततै भेटिने यस्ता टुनामुनाधारी एवं माताहरुले सोझा साझा जनतालाई आफ्नो वश र प्रभावमा पारेर निर्मम तवरबाट लुट्न थालेका छन् । जन्मले पुरुष र तन्त्रमन्त्र हेर्नु पर्दा माता बनिटोपलेकी बुढानिलकण्ठ निवासी एक व्यक्तिले यही टुनामुनाको प्रभाव पारेर सर्वसाधारणलाई ठग्नु ठगे । मोटरसाइकल, स्कुटर र राम्रो रकम चढाए सबै ग्रहदशा नाश गरिदिन्छु भन्दै सर्वसाधारणलाई भ्रममा पारेका यी टुनामुनाधारी माताले नराम्रो र अनिष्ट हुने चेतावनी दिदै सर्वसाधारणलाई आतंकित समेत पार्न थालेका छन् ।

युट्युबे ज्योतिषी र माताहरूको बिगबिगी

पछिल्लो समय भनौ ६०६२-६३ सालको सफल जन आन्दोलन पछि देशभर फेरि एकपटक अध्यात्म अभियानको लहर नै चल्यो । समाजमा हराएका धेरै चलनहरु पुर्नस्थापित बने । पाहुना आउँदा डराउनु पर्ने र बटुवालाई पानी दिन पनि तर्सनु पर्ने अवस्था सिर्जना गरेको माओवादीको सशस्त्र युद्ध शान्ति सम्झौता पछि रोकिदा हराएका धेरै चलनहरु समाजमा फर्किए । यो समयपछि ज्योतिष विज्ञानमा आम नेपालीको लगाव ह्वात्तै बढेर गयो । मानिसहरुले घर बनाउँदा र किन्दा पनि वास्तु शास्त्रमा ध्यान दिन थाले भने जुन सुकै कर्म गर्न अघि पनि ज्योषिलाई देखाएर साइत निकाल्ने चलन बढ्दै गयो । यही अवस्थाको पुनरोदयपछि समाजमा यही विज्ञानलाई आधार बनाएर ठग्नेहरुको पनि मनग्ये उदय भयो ।

अहिले ज्योतिष विज्ञानसंगै मौलाएको अर्को विकृत पक्ष हो– जादु टुनामुना , वशीकरण र तन्त्रमन्त्र । समाजमा धेरै माताहरु जन्मिएका छन् अहिले । युट्युबमा राशीफल फलाक्ने र बिभिन्न विषयमा ज्योतिषीय राय दिनेहरुको कमि छैन । एक अर्थमा युट्युबे ज्योतिषीहरु र माताहरुको जन्म मनग्ये भएको छ । रात विरात मानिसहरुलाई अर्ब पत्ति बनाइदिने देखि बिभिन्न उपाय सिकाएर भएका सबै समस्या छुमन्तर बनाइदिने ढाँटका खालहरु धेरै पस्किएका पाइन्छन अहिले समाजमा । तर यही तन्त्रमन्त्र जादु र टुनामुनाको भर पर्दा धेरे नेपाली धोती न टोपीका भएका छन् भने धेरैले अकालमा ज्यान समेत गुमाएका छन् ।

अन्धविश्वासले जरो गाडेको समाजमा कस्ले पो सोच्छन् र ?

समय जतिसुकै अगाडि बढेपनि अन्धविश्वासले जरो गाडेको समाजमा धामीलाई कुखुराको भाले र तीनपाने चढाउने चलन रोकिने कुनै छाँट छैन । नेपाल र भारतमा जरो गाडेर बसेको यो कुरिती र विकृति अन्त्यका लागि कुनै अभियानले पनि काम नगर्ने पक्का छ । अहिले नेपालमा बिभिन्न नामले उत्पन्न भएको माताहरुको आतंक बढ्दो छ ।

कुनै समय पैसा, कुखुरा, बोका र तीनपानेसम्ममा सीमित यस्ता माताहरुले अहिले सबै समस्या छु मन्तर पारिदिन भन्दै विदेशी मदिरा, मोटरसाइकल, स्कुटरदेखि अन्य विलासी वस्तुहरु सर्वसाधारणबाट लुट्दै आएका छन् ।

यस्तै एक कर्तुतको पर्दाफास भएको छ । काठमाडौँको बुढानिलकण्ठ निवासी पुरुष रुपधारी माताले सताएका धेरै मानिसहरु मिडिया र प्रहरीको शरणमा आइपुगेका छन् । संसार विश्वासमा अडेको छ तर त्यही विश्वासमाथि खेलिदिनेहरुले समाजमा विकृत रुप पेश गर्न थालेकोप्रति भने अब सचेत हुन जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV