१८ भाद्र २०७८, शुक्रबार

काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालले चीनसंगको सीमा विवाद उठाएर बेमौसमी बाजा बजाएको आरोप लगाउनु भएको छ । उहाँले नजान्ने गाउँको बाटो नै नसोध्नु भन्ने तथ्य यहाँ मेल खाएको भन्दै चीनसंगको सीमा अध्ययन गर्न गठन गरेको टोलीमा परराष्ट्र मन्त्रालयको प्रतिनिधि समेत नराखिनु अर्को गल्ती भएको बताउनु भएको छ ।

नेपाल र चीनबीच सीमामा कुनै समस्या नरहेको भन्दै नेपाली काँग्रेसका नेताहरु बिमलेन्द्र निधि र जीवनबहादुर शाहीले भनेको आधारमा अध्ययन समिति गठन गरिएको हो ? भन्ने प्रश्न समेत उहाँले उठाउनु भएको छ । १० महिना अघि उठाइएको यो विवादको निरुपण दुबै देशले गरिरसकेको अवस्थामा फेरि यो विवाद कोट्याएर सरकारले कुटनीति मर्यादामा पनि प्रश्न उठाएको आरोप लगाउनु भयो ।

न्यूज २४ को लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासंगमा कुरा गर्दै सीमाविद् श्रेष्ठले नेपाल र चीनबीचको सीमा अध्ययन पानीढलोको आधारमा रेखांकन गरिएको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV