१८ भाद्र २०७८, शुक्रबार

एजेन्सी । फिफा विश्वकप अन्तर्गत युरोपेली छनोटमा बेल्जियमले एस्टोनियामाथि सानदार जित निकालेको छ । गएराति भएको समूह ‘ई’ को खेलमा बेल्जियमले एस्टोनियालाई ५-२ को गोल अन्तरले पराजित गरेको हो ।

बेल्जियमलाई सानदार जित दिलाउनको लागि रोमेलु लुकाकु दुई गोल गरे भने हान्स भान्केन, एलेक्स विटसेल र थोमस फोकेटले समान एक एक गोल गरे । एस्टोनियाको लागि माटियास काइट र एरिक सोर्गाले गोल गरे ।

खेल सुरु भएको दुई मिनेटमै कप्तान माटियास काइटले गोल गर्दै एस्टोनियालाई अग्रता दिलाएका थिए । तर, एस्टोनियाकाे अग्रता धेरै टिक्न सकेन । २२ औं मिनेटमा बेल्जियमले खेल बराबरीमा ल्यायो । उसको लागि हान्स भान्केनले गोल गरे ।

त्यसपछि चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गर्दै बेल्जियमको अग्रता ३–१ बनाए । उनले २९ औं र ५२ औं मिनेटमा गोल गरे । ९९ खेलमा लुकाकुले बेल्जियमका लागि ६६ गोल गरिसकेका छन् ।

६५ औं मिनेटमा एलेक्स विटसेल गोल गर्दै बेल्जियलाई ४–१ को अग्रता दिलाए । ७५ औं मिनेटमा थोमस फोकेट गोल गरेपछि बेल्जियले ५–१ को अग्रता बनायो ।

खेलको अन्त्यतिर एरिक सोर्गाले एस्टोनियाका लागि सान्त्वना गोल गरे । सानदार जित निकालेको बेल्जियम १० अंकसहित समूह ‘ई’ को शर्षी स्थानमा रहेको छ । चेक रिपब्लिक दोस्रो स्थानमा रहेको छ भने २ खेल मात्र खेलेको वेल्स तेस्रो स्थानमा छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV