१७ भाद्र २०७८, बिहीबार

एजेन्सी । अफगानिस्तानको केन्द्रीय प्रान्त पर्वानकी २१ वर्षीया अदीबा कयुमीले तालिवानलाई चुनौती दिइरहेकी छिन् । उनले तालिवानले कहिल्यै जित्न सक्दैन भन्दै चेतवानी दिएकी हुन्।

बीबीसीसंग कुराकानीमा उनी रिसाएर भन्छिन्, ‘म तालिवानलाई सबैभन्दा घृणा गर्छु र म तालिवनीलाई छोड्ने छैन। तालिवानले अफगानिस्तानका महिलाहरु र उनीहरुको सपनाको बीचमा पर्खाल बनाएको छ, र हामी यो आवाजलाई हाम्रो आवाजले भत्काउने छौं।’

१५ अगस्टमा तालिवानले काबुलको नियन्त्रण लिए। तबदेखि, मानिसहरु एयरपोर्टमा भाग्ने दृश्य, मुटु छुने तस्वीर र कथाहरु लगातार बाहिर आइरहेका छन्।अदीबा कय्युमी भन्छिन्, ‘जब उनलाई यो खबर थाहा भयो तब उनको पूरै परिवार रोयो र उनले आफ्नी बहिनीलाई फोन गरिन् जो अफगानिस्तानमा छिन् ।’

उनी अगाडि भन्छिन्, ‘ती दुई घण्टा कति बेचैन र चिन्तितथिए, उनीहरु त्यो पीडा शब्दमा व्यक्त गर्न सक्दैनन्।हामी लगातार हाम्रो बहिनीलाई सम्पर्क गर्नको लागि कोशिश गरीरहेका थियौं’। हामी उनीसंग दुई घण्टा सम्पर्क गर्न सकेनौं। तर जब उसले फोन उठायो, हामीले उसलाई परिवारको साथ आफन्तको घरमा भाग्न भन्यौं किनकि यदि तालिवानलाई उसको बारेमा थाहा थियो भने उनीहरुले पक्का पनी उसलाई मार्ने थिए।

जब उनले तालिवानले कब्जा गरेको खबरको बारेमा थाहा पाइन्, दृश्य आफ्नो आँखाको सामने तैरन थाल्यो, जब उनी २०१९ मा अफगानिस्तानबाट भागेर भारत पुगिन् ।

अदीबा कय्युमीको परिवार अफगानिस्तानको परवान प्रान्तमा बस्थे। उनी नोभेम्बर महिनामा भारत पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV