१७ भाद्र २०७८, बिहीबार
  • मुस्कान श्रेष्ठ,

वीरगञ्ज (पर्सा) । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माको नेतृत्वमा आएको टोलीले वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग भेटवार्ता गरेको छ । सो अवसरमा कोरोना महामारीले उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रमा पारेको प्रभाव तथा त्यसको विकास र प्रबद्र्धनबारे छलफल भएको छ ।

गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्माले कोरोनाले उद्योग क्षेत्र ध्वस्त बनाएको भन्दै आफू गण्डकी प्रदेशका विभिन्न जिल्लामा भ्रमण गरेको र उद्योग क्षेत्रको लागि चाडै रचनात्मक कार्ययोजना अघि बढाइने बताए । त्यस्तै उनले पर्यटन क्षेत्रको विकासको लागि प्रदेश सरकारले भर्खरै नीति र कानूनको मस्यैेदा तयार पारेको बताउदै यसमा अन्य कुनै महत्वपूर्ण विषयहरु थप्नुपर्ने कुरामा सरोकारवालासँग सुझाव माग गरेको बताए ।

त्यस्तै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले मुलुककै ठूलो नाकाको रुपमा परिचित वीरगञ्ज नाकाबाट प्रत्येक वर्ष ४० प्रतिशत भन्दा बढी राजश्व संकलन हुने गरेको भएतापनि यस क्षेत्र सरकारको प्राथमिकतामा कहिलै नपरेको गुनासो गरे । उनले वीरगञ्ज–पथलैया करडोरले डेढ लाख भन्दा बढीलाई रोजगारी दिइरहेको बताउदै प्रदेश २ मा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकासका लागि आफूहरु लागि परेको समेत बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ–प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठ, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट सेन्टरका केन्द्रीय अध्यक्ष अच्युत गुरागाई, पोखरा टुरिज्म काउन्सिलका अध्यक्ष गोपी बहादुर भट्टराई, नाटा पोखराका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक हरिराम अधिकारीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण मनोज उपाध्यायले गरेका थिए ।

यसैबीच सिमरा–पोखरा हवाई उडान बुधबारबाट सञ्चालनमा आएको छ । उक्त उडान साताको दुई दिन अर्थात् आइतबार र बुधबार दिउँसो १ः१५ मा हुने बुद्ध एयरले जनाएको छ । सिमरा–पोखराको टिकट दर ४ हजार सात सय ७०, पाचँ हजार दूई सय ७० र ७ हजार एक सय ७० गरी तन प्रकारको कायम गरिएको र आउने २–३ महिनामा हवाई भाडा दर कम गर्दै लैजाने बुद्ध एयरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV