१७ भाद्र २०७८, बिहीबार

काठमाडौँ । नेकपा एमालेले भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाएर जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको घटनाको सम्बन्धको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार विज्ञप्ति जारी गर्दै नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा सरकारले संवेदनहीनता र लाचारी देखाएको भन्दै आपत्ति जनाएको छ ।

एमालेले आफ्नो नागरिक वेपत्ता हुँदा समेत सरकारले रतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहलसमेत गर्न नसकेको आरोप लगाएको छ ।

‘आफ्ना नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ,

एमालेले विज्ञप्तिमार्फत सरकारको यस्तो हर्कतप्रति खेद व्यक्त गर्दै सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारवाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेको छ ।

धामीका सम्बन्धमा गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजत्वमा गठित छानविन समितिले यही १५ भदौमा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV