१७ भाद्र २०७८, बिहीबार

काठमाडौं । दार्चुला घटनाको बारेमा भारतले टिप्पणी गर्न अस्विकार गरेको छ । नेपालले स्थलगत अध्ययन सकेर तयार पारेको प्रतिवेदनलाई भारतले नेपालको आन्तरिक प्रतिवेदन भन्दै टिप्पणी गर्न अस्वीकार गरेको हो ।

भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले नेपालले तयार पारेको प्रतिवेदन आन्तरिक भएको र यसबारे आफुसँग कुनै रिर्पोट नभएको बताएका छन् ।

साथै सम्मेलनमा बाग्छीले दार्चुला घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नता छ रहेको भन्ने भनाई एक आरोप मात्र भएको बताएका छन् ।

दार्चुलामा साउन १५ गते महाकाली नदी तर्ने क्रममा तुइनबाट पानीमा खसेर जयसिंह धामी बेपत्ता भएका थिए ।

उक्त घटनामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV