१७ भाद्र २०७८, बिहीबार

काठमाडौं । नेपाललाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप लगाउनयोग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाइ दिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल सिंहले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाई दिएकी छन् ।

नेपालमा ५४ लाख २५ हजार ८८८ जनाले पहिलो मात्रा र ४६ लाख ७७ हजार ७९६ जनाले खोपको दुवै मात्रा लगाइसकेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV