१७ भाद्र २०७८, बिहीबार

काठमाडौँ । प्रदेश १ का विपक्षी गठबन्धनहरूले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न माग गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मञ्च सम्मिलित गठबन्धनको बिहीबार सम्पन्न बैठकले मुख्यमन्त्रीको नियुक्ति बदर गर्न र अल्पमतमा परेको सरकारले महत्त्वपूर्ण निर्णय नगर्न माग गरेको हो।

विपक्षी गठबन्धनले एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी दललाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेको अबस्थामा बहुमत छ भन्दै हतार हतार मुख्यमन्त्री नियुक्त गरीएको भन्दै मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गरेको हो ।

प्रदेशका सांसद रहेका नेताहरुले समेत आयोगमा गएर हस्ताक्षर गरिसकेपछि मुख्यमन्त्री नियुक्ती गर्नु गलत भएको गठबन्धनको ठहर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV