१७ भाद्र २०७८, बिहीबार

चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भरतपुर अस्पतालको लेखा शाखामा छापा मारेको छ । विहीबार अख्तियार हेटौंडाको पाँच जनाको टोलीले छापा मारेको हो ।

जानकारी अनुसार अख्तियारले बीमा र फार्मेसीको औषधि खरिदमा अनियमितता भएको उजुरीका आधारमा छापा मारेको हो । औषधि खरिद गर्न एउटालाई ठेक्का लगाएर अर्कोबाट औषधि किनेको भन्ने उजुरीका आधारमा छापा मारेको जानकारी गराइएको छ ।

अख्तियारको टोलीले लेखा शाखामा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको र स्टोरमा औषधिको स्टक र बिक्रीको विवरण हेरिरहेको बताइएको छ ।

बीमाको औषधि किन्दा चिकित्सकले ५ वटा औषधि लेखेर दिएपनि बीमाबाट जम्मा १ वटामात्र औषधि निःशुल्क पाउने र अन्य बाहिरबाट किन्नुपर्ने समस्या रहरेको बताइएको छ । अख्तियारमा आर्थिक वर्ष २०७३/७४ देखि अनियमितता हुने गरेको उजुरी परेको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV