१७ भाद्र २०७८, बिहीबार
  • हरिप्रसाद जोशी,

दार्चुला । यो वर्षको गौरा पर्व रौनकताका साथ सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा प्रत्येक वर्ष भाद्र कृष्ण/शुक्ल अष्टमीका दिन भगवान कृष्णको जन्म दिनका अवसरमा मनाइने गर्दछ।

यो पर्व कृष्णजन्माष्टमी, दुर्गाष्टमी एवम् लोलीगौराका नामले पनि परिचित छ । यो पर्व भारतको उत्तराखण्ड, कर्णाली प्रदेशको केहि जिल्ला एवम् सुदूरपश्चिम वासी वसोवास गर्दै आएको जुनसुकै देश एवम् सुदूरपश्चिम बाहिर पनि मनाइदै आइरहेको छ।

महादेव भगवानलाई पति पाउन देवि पार्वतीले गरेको त्याग तपस्या उल्लेख गरिने यो पर्वमा झोडा, फाग, सगुन, आनै, वातैका माध्यमबाट अलिखित इतिहासहरु सुन्न पाइन्छ।

पछिल्लो समय सन् २०१९ डिसेम्बर बाट विश्वलाई नै आक्रान्त बनाइरहेको कोभिड-१९ को प्रकोपका कारण गत वर्ष गौरा पर्व फ्याट्ट फुट्ट मनाइएको भए पनि यो वर्ष कोरोनाबाट बच्न आवश्यक मापदणहरु नअपनाईकनै धुमधाम साथ गौरा मनाइएको छ। यसले मानिसहरूमा काेराेनाप्रतिकाे भय र सचेतना समेत हराउँदै गएकाे पनि देखाउँछ ।

विरुडा पञ्चमीबाट शुरु हुने गौरा पर्व खेडी, धोडी हुदै लमधोडी सम्म रहेने गरेको छ । गौरा लाई पनि गाउँ अनुसार फरक-फरक तवरले मनाइने गरिन्छ। कुनै ठाउँमा अष्टमीदेखि शुरु गरेर पाचँ दिनमा गौरा सेलाउछन् भने कुनै ठाउँमा पञ्चमी देखि शुरु गरेर अष्टमीका दिन सेलाउने (समापन) गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV