१७ भाद्र २०७८, बिहीबार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको शेयर आजबाट दोस्रो बजारमा कारोबार हुने भएको छ ।

कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएसँगै आजबाट दोस्रो बजारमा आउने भएको हो । सानिमाको शेयर दास्रो बजारको कारोबारका लागि न्यूनतम एक सय तीन रुपैयाँ १७ पैसादेखि तीन सय नौ रुपैयाँ ५१ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ ।

उक्त कम्पनीले श्रावण २० गते देखि २४ गते सम्म आईपीओ खुला गरेको थियो । ३० गते बाँडफाड भएको कम्पनीको शेयरमा २३ लाख ८ हजार १ सय २२ आवेदनमध्ये ५ लाख ४० हजार जनालाई १० कित्ताको दरले शेयर पाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV