१६ भाद्र २०७८, बुधबार

काठमाडौं । कलाकार निशा घिमिरेको आज बुधबार निधन भएको छ ।

निशाको अन्त्येष्टि भोलि आर्यघाटमा गरिने बताइएको छ । सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी उनको नर्भिक अस्पतालमा उपचार भइ रहेको थियो । उनको ‘ब्रेन इञ्जुरी’का कारण विगत तीन वर्षदेखि ओछ्यान परेकी थिइन् ।

अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा उनी सडक दुर्घटनामा परेक थिइन् । गत ३ महिना देखि उनी अस्पतालको शैयामा थिइन् । तर पनि उनको स्वास्थ्यमा भने केही सुधार आएको थिएन । डाक्टर पंकज उनको उपचारमा संलग्न थिए ।

हालसम्म निशाको उपचारका लागि ५० लाख बढी खर्च भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV