१६ भाद्र २०७८, बुधबार

काठमाडौँ । धितोपत्र बोर्डका अध्यक्ष शिशिरकुमार ढुङ्गानाको विषयमा छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले सेयर खरिदका विषयमा विवादित बनेका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि छानविन गर्न सरकारले जाँचबुझ समिति गठन गरेको हो ।

बोर्डका अध्यक्षका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरिएको छ ।

जसमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र अर्का सदस्य नेपाल कानुन आयोगका सहसचिव अर्जुनककुमार खड्का रहेका छन् ।

बोर्डमा अध्यक्ष भइसकेपछि सर्वोत्तम सिमेन्टको संस्थापक सेयर छोरीका नाममा खरिद गरेको आरोप ढुंगानामाथि लागेको छ।

अध्ययन समितिले ढुङ्गानाको छोरीको नाममामात्रै नभएर भाइ र बुहारीको नाममा पनि सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको देखिएको भन्दै ढुङ्गानासँग स्पष्टिकरणसमेत सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV