१६ भाद्र २०७८, बुधबार

काठमाडौँ । नेपालमा पहिलोपटक कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल हुने भएको छ । चिनियाँ कम्पनी वालभ्याक्सको एमआरएनए खोपको एक सातापछि क्लिनिकल ट्रायल गर्न लागिएको हो ।

चीनको वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले बनाएको भ्याक्सिनको ट्रायल ३ हजार जनामा गरिनेछ ।

वालभ्याक्स बायोटेक्नोलोजीले नेपालको औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्ससंगको सहकार्यमा गर्ने ट्रायल धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिनेछ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हैजा विरुद्धको ओरल कोलेरा भ्याक्सिन र कोरोना भाइरसविरुद्धको सार्कोभ टु–एमआरएनए खोपलाई तेस्रो चरणको क्लिनिकल ट्रायलको अनुमति दिइएको छ ।
खोपको ट्रायलपछि चिनियाँ कम्पनीले नेपालमै उत्पादन समेत गर्ने तयारी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV