१६ भाद्र २०७८, बुधबार

काठमाडौं । बैज्ञानिक वन व्यबस्थापन उपभोक्ता राष्ट्रिय महासंघले बैज्ञानिक वन कार्यबिधि तत्काल बहाली गराउन लागि सहजीकरण गर्न नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको ध्यानाकर्षण गराएको छ ।

नयाँ बानेश्वरस्थित उपसभापति निधिको सम्पर्क कार्यालयमा बुधबार भेटेर महासंघका अध्यक्ष रेनु सेनले कार्यबिधि तत्काल बहाली गर्न आग्रह गरेकी हुन्। भेटमा उपसभापति निधिले बैज्ञानिक वन कार्यविधि वहाली गराउन आफ्नो तर्फबाट पहल गर्ने बताए ।

पूर्वबर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले हचुवाका भरमा निजी स्वार्थका लागि बैज्ञानिक वन कार्यबिधि खारेज गरेको थियो ।

तत्कालीन वनमन्त्री महेश आचार्यको पालामा बैज्ञानिक वन कार्यबिधि २०७१ जारी गरिएको थियो। तर ओली सरकारले सामुदायिक वन उपभोक्ता महासंघको दबाबमा २०७७ जेठ १५ मा कार्यबिधि खारेज गरेको थियो ।

प्रतिनिधिमण्डमा महासंघका जयप्रकाश पाण्डे, डिल्लीराज रेग्मी, पदमलाल अधिकारी, हरिकला थारु र गौरीशंकर तिमला रहेका थिए।

यसअघि, नेपाल संस्थागत विद्यालय शिक्षक संघ(निष्टा) का अध्यक्ष भोला चालिसेको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले संस्थागत विद्यालय शिक्षक संघका समस्यासहित संस्थागत मान्यताका लागि उपसभापति निधिको ध्यानाकर्षण गराएको थियो। निधिले यस बिषयलाई आफूले गम्भीरतापूर्बक लिएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV