१६ भाद्र २०७८, बुधबार

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीले महँगो रकममा अपार्टमेन्ट खरिद गरेकी छन् । अभिनेत्री शिवाकोटीले साढे दुई करोड रुपैयाँमा हात्तीवनस्थित सिटी स्केप्टमा ‘थ्री बीएचके’ अपार्टमेन्ट खरिद गरेकी हुन् ।

अभिनेत्री शिवाकोटीले बुधबार (आज) विहान पुजाआजा गरी उक्त नयाँ घर प्रवेश गरेकी छन् । कौशलटारमा बस्दै आएकी अभिनेत्री शिवाकोटीले आमाको सहयोगमा सो अपार्टमेन्ट खरिद गरेको बताएकी छन् ।

अभनेत्री शिवाकोटीका अनुसार अब उक्त अपार्टमेन्टमा आमासँग उनी मात्र बस्नेछन् । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि सरकारले निषेधाज्ञा लागू गरेपछि अभिनेत्री वर्षाले अपार्टमेन्ट खरिदको प्रक्रिया अगाडि बढाएकी थिइन् ।

त्यस्तै उनले केही महिना अगाडि मात्र कार पनि किनेकी थिइन् । पछिल्लो समय कोरोना महामारीका कारण फिल्महल बन्द भएपनि कलाकारहरुले म्युजिक भिडियो र विज्ञापनबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV