१६ भाद्र २०७८, बुधबार

सुर्खेत। कर्णाली प्रदेशका ३ जना सांसदले नेकपा एमालेका छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

बुधबार प्रदेशस्थित निर्वाचन आयोगमा पुगेर सांसदत्रय मुगुका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले नेकपा (एस) लाई रोज्ने भनि हस्ताक्षर सनाखत हुन् ।

कर्णाली प्रदेशसभामा नेकपा एमालेको २० सांसदमध्ये ४ जनाले ‘फ्लोर क्रस’ गरेर पदमुक्त रहेका छन् । त्यसपछि बाँकी रहेको १६ जना सांसदमध्ये बुधबार ३ जनाले नेकपा (एस) रोजेका छन् । अब, एमालेमा १३ सांसद रहेका छन् । र, अझैँ पनि केही सांसदहरु नयाँ पार्टीमा आउन सक्ने बताइएको छ ।

एमाले विभाजन भएपछि जनप्रतिनिधिलाई दल रोज्ने समय भदौ २२ गतेसम्मलाई तोकिएको छ । यहीँ कारण हाल एमालेबाट नेकपा (एस) तिर जाने सांसदहरुको क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV