१६ भाद्र २०७८, बुधबार

काठमाडौँ । ललितपुर स्थित एआइटिएम कलेजले बर्मिङ्हम सिटी युनिभर्सिटीको कार्यक्रमहरु उद्घाटन गरिएको छ ।

कजेजको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोल्लिट्ट र ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको उपस्थितिमा गरिएको हो ।

एआइटिएम बिभिन्न शिक्षाविद तथा बौद्धिक ब्यक्तीद्वारा सञ्चालित रहेको छ जो बिगत तीन दशकभन्दा लामो समयदेखी राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा ख्याती कमाउदै आएका छन्।

एसियन इन्स्टिट्युट अफ टेक्नोलोगी एण्ड मेनेजमेनन्ट (एआइटिएम) एक निजी शैक्षिक संस्थाको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका व्यवस्थापन संकायको स्नातक तह अध्यापन गराउँदै आएको छ।

एआइटिएम कलेजले यसअघी स्विट्जर्ल्याण्डको प्रसिद्ध आईएमआई विश्वबिद्यालयसँग सहकार्य गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV