१६ भाद्र २०७८, बुधबार

काठमाडौं । नेपाल दलित संघले निर्वाचन निर्देशिका तथा अनुसूचीमा दलितका अधिकार पुनर्स्थापन गर्नका लागि कांग्रेस मुख्यालयमा धर्ना दिएका छन् ।

बुधबार संघले पार्टीको महाधिवेशनका लगि तयार गरेको निर्वाचन निर्देशिका तथा अनुसूची असमावेशी भएको भन्दै कटौती भएका दलितका अधिकार पुनर्स्थापना गर्नका लागि भन्दै धर्ना दिएको हो ।

उनीहरुले पार्टी महाधिवेशन केन्द्रीत भएका बेला आफूहरुमाथि अन्याय भएको बताएका छन् । धर्नामा सहभागीहरुले आफूहरुको मागका बारेमा पार्टी नेतृत्व गम्भीर हुनुपर्ने जनाएका छन् ।

आफूहरुको माग पूरा नभए विरोधका अन्य कार्यक्रम सार्वजनिक गर्ने संघले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV