१६ भाद्र २०७८, बुधबार

एजेन्सी । अफगानिस्तानबाट अमेरिकी सेनाहरुको पूर्ण फिर्तापछि पनि करिब १०० अमेरिकी नागरिकहरु त्यहाँ रहेको अमेरिकी विदेश विभागले जनाएको छ ।

विभागका अनुसार उनीहरुलाई अमेरिका ल्याउनको लागि विचार गरीरहेको छ। अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले भनेका छन्, अमेरिकी सरकार अफगानिस्तानमा रहेका अमेरिकी जनतासंग सम्पर्कमा छ र अमेरिकी सेना फिर्ता भएपछि कसरी सरकारसंग सम्पर्कमा रहन सकिन्छ भन्ने बारे जानकारी दिइएको छ?

प्रवक्ताले एक पत्रकार सम्मेलनमा भने, ‘हामी अफगानिस्तानमा रहेका अमेरिकी नागरिकहरुसंग सम्पर्कमा छौं जो या त त्यहाँ बस्न चाहान्छन् या बाहिर निस्कन असमर्थ भए। हामी हाल त्यहाँ रहेका प्रत्येक अमेरिकीलाई त्यहाँबाट बाहिर निकाल्ने विकल्प खोजिरहेका छौं’ ।

प्राइसले भने, ‘हाम्रो काम जारी छ, विदेश सचिव एन्थोनी ब्लिन्केनले भनेका छन्, अफगानिस्तानसंगको सम्बन्धको नयाँ अध्याय सुरु भएको छ।अमेरिका अफगानिस्तानबाट मानिसहरुको सुरक्षित फिर्ताको काममा सहयोग जारी राख्नेछ, साथै काबुल बिमानस्थल पुनः खोल्नको लागि सबै सम्भव सहयोग दिनेछ।’

‘अब जब हामी अफगानिस्तानको साथ यो नयाँ अध्यायमा प्रवेश गरेका छौं, हाम्रो दृष्टिकोण धेरै स्पष्ट छ र हामी त्यसमा केन्द्रित छौं,’ उनले भने।

प्राइसले अगाडि भने, ‘अमेरिका दोहा मार्फत अफगानिस्तानको सम्बन्धमा कूटनीतिक कारवाही जारी राख्नेछ।’

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV