१६ भाद्र २०७८, बुधबार

काठमाडौं । विज्ञहरुले विश्वमै कोरोना महमारीले स्वास्थ्य क्षेत्रमा पारेको प्रभावका कारण दीगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने बताएका छन् । साथै उनीहरुले दीगो बिकास लक्ष्य हासिल गर्न योजनाको कार्यान्वयनमा जोड दिएका छन् ।

सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुुशासन समितिले गरेको छलफलमा प्राध्यापक डाक्टर श्याम प्रसाद लोहनीले कोरोनाका कारण विश्वव्यापी अर्थव्यवस्थालाई अस्थिर बनाइरहेको र नेपालमा पनि त्यसको असर परेको बताए ।

महामारी भन्दै पहिले लाखौ मानिसहरुको स्वास्थ्य सुधारमा ठूलो प्रगति भएको भएपनि अहिले स्वास्थ्यमा नै लाखौ खर्च गर्नुपरेको उनको भनाइ छ । दीगो बिकास लक्ष्यमा उल्लेख स्वास्थ्यसम्बन्धी व्यवस्थालाई नै कोरोनाले प्रभाव पारेको लोहनीले बताए ।

कोरोनाका कारण गरिएको बन्दाबन्दीले व्यक्तिको जनजीवनमा नै असर पारिरहेकाले पनि उत्पादनमुलक काममा प्रभाव परेको उनले बताए । उनले अब पनि कोरोना निर्मुल हुने कुनै संकेत नदेखिएकाले यसले भविष्यमा पर्ने प्रभावका बारेमा यकिन भन्न नसिकने बताए ।

त्यस्तै काठमाडौं विश्वविद्यालयका प्राध्यापक अच्युत वाग्लले दीगो बिकास लक्ष्य हासिल गर्न बनाइएको अवधारणको कार्यान्वयन अपरिहार्य हुने बताए । उनले अवधारणागत प्रष्टता र त्यहि अनुरुपको लिगो बिकासको दीर्घकालीन मार्गचित्र हुनुपर्ने धारणा राखे ।

त्यस्तै वाग्लले अर्थतन्त्रका मुलभुत समस्याहरुको सम्बोधन गर्नुपर्ने, दीगो बिकास लक्ष्य र संविधानका अनूसुचि अनूरुपको जिम्मेवारी दिनुपर्ने सुझाव पनि समितिलाई दिए । समितिले महामारी र दीगो बिकास लक्ष्यः राष्ट्रिय आवश्यकता र योजनाको कार्यान्वयनबारे विज्ञहरुसंग छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV