१६ भाद्र २०७८, बुधबार

मकवानपुर । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिनुभएको छ ।

एकीकृत समाजवादीका लागि हिजो सनाखत गर्नुभएका उहाँले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाउनु भएको हो ।

उहाँ एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV