१५ भाद्र २०७८, मंगलवार

वीरगन्ज । नेकपा एमाले माधवकुमार नेपाल समूहको पर्सामा गठन भएको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा रुपान्तरण भएको छ । जिल्ला सचिवालयको मंगलबार बसेको बैठकले सिंगो जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुने निर्णय भएको हो ।

बालगोपाल थापा अध्यक्ष रहने गरि गठित सिंगो समानान्तर कमिटि माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एस) पार्टीमा समाहित हुने निर्णय गरेको बताइएको छ ।

वीरगन्जमा बसेको सचिवालयको बैठकले प्रतिगमन बिरोधि आन्दोलनले एमाले भित्र संगठित गरेको समानान्तर कमिटी माधव नेपाल नेतृत्वको नेकपा (एस)मा समाहित हुने निर्णय गरेको बताइएको छ ।

नेकपा (एस) का केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहको प्रमुख आतिथ्यमा बसेको बैठकले नवगठित जिल्ला कमिटीको सपथ ग्रहण वीरगंज बसपार्क स्थित सोल्टी पार्टी प्यालेसमा भदौ २६ गते गर्ने निर्णय समेत गरेको छ ।

साथै, अग्रगमनका पक्षधर र इमान्दार कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुलाई नेकपा एकिकृत समाजवादी पार्टी समाहित हुन आह्वान गरेको छ । बैठकमा वीरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरी, प्रदेश कमिटीका सदस्यहरु किशोरी कुशवाहा, योगेन्द्र यादव लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV