१५ भाद्र २०७८, मंगलवार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको आरोप लगाएका छन् ।

नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले स्वार्थहरुका पोका एक ठाउँ भेला पारेर अहिलेको सरकार गठन गरिएको र राजनीतिलाई पनि कुबाटोबाट हिँडाउन खोजिएको आरोप लगाएका हुन् ।

ओलीले अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार र कुबाटोमा गाडी कुदाउने ड्राइभर उस्तै भएको तर्क गरे । त्यस्तै ओलीले अहिलेका सभामुख राजमार्गबाट हिँड्न नमानेको जिकिर गर्दै निर्वाचन आयोगले पनि सडक छाड्न खोजेको बताए ।

उनले पछिल्लो समय अदालतले बाटो बिराउदै गएको उल्लेख गरे । उनले गठबन्धनको गठजोड चुनावमा गएपछि देखिने बताए । अहिले मुलुकमा अलोकतान्त्रिक जस्तो अभ्यास भइरहेकाले चिन्ताका विषय भएको उनको भनाइ छ ।

कार्यक्रममा ‘सी’ डिभिजन छनौट खेल्न आएका झापाका फुटबल टिमलाई आर्थिक सहयोग गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV