१५ भाद्र २०७८, मंगलवार

एजेन्सी । १२ वर्षपछि पुनः इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमै फर्किएका पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच २ वर्षको सम्झौता भएको छ ।

सन् २००९ मा स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएर १२ वर्षपछि फर्किएका रोनाल्डोलाई दुई वर्षको सम्झौतासँगै २० मिलियन पाउन्डमा युनाइटेडले भित्र्याएको पनि जनाइएको छ ।

सन् २००३ मा पोर्चुगिच क्लब स्पोर्टिङ सिपीबाट युनाइटेड आएका थिए रोनाल्डो । र, सन् २००९ मा स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका थिए । यहीँबीचमा रोनाल्डो सन् २०१८ मा रियलबाट इटालियन क्लब युभेन्टस पनि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV