१५ भाद्र २०७८, मंगलवार

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले छाडेर १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

मंगलबार उनीहरुले निर्वाचन आयोगको कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । भने, तीन जनाको भने कार्यालय समय सकिएकाले मंगलबार सनाखत हुन सकेन ।

तीन जना कञ्चनपुरबाट आउने क्रममा साढे चार बजिसकेकाले उनीहरूको भोलि सनाखत हुने स्रोतले जनाएको छ ।

सुदूरपश्चिममा मंगलबारै १३ जना सांसदले माधव नेपालको नेकपा (एस) मा सनाखत गर्न लागेका हुन् ।

सनाखत गर्नेमा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीसहित, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, तारालामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV