१५ भाद्र २०७८, मंगलवार

काठमाडाैँ । कृष्णजन्माष्टमी २०७८ को दिनबाट प्रजननसम्बन्धी सेवा दिँदै अाएकाे वात्सल्य ५ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा भाद्र मसान्तसम्म प्रजनन जाँचका लागि आउने दम्पतीका लागि वात्सल्यले नि:शुल्क बाह्य सेवा (ओपीडी) र अल्ट्रासाउण्डको व्यवस्था गरेको छ ।

लामो समयदेखि सन्तान प्राप्त गर्न कोसिस गरिरहेका तर सफल नभएका दम्पती लागि यस नि:शुल्क योजनाले आधुनिक प्रजनन् सेवासम्बन्धी बुझ्न र सन्तानप्राप्तिको सम्भावना पहिल्याउन मद्दत पुर्याउने वात्सल्यकाे विश्वास छ ।

प्रजनन् उपचारमा अन्तर्राष्ट्रिय स्तरको सेवा-सुविधा नेपालमै प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको वात्सल्यले निरन्तर उच्च आइभिएफ सफलता दर हासिल गर्दै आएको छ । हालसम्म वात्सल्यमा करिब ३ हजार दम्पतीले आइभिएफ्, आइयूआइ तथा अन्य उपचार विधिबाट सफलतापूर्वक सन्तान प्राप्त गर्न सफल भएकाे जनाइएकाे छ । ६०-७० प्रतिशत औसत सफलता दर हासिल गर्दै आएको यस क्लिनिकले गत जुलाईमा ७१% को सर्वाधिक आइभिएफ सफलता दर प्राप्त गरेकाे थियाे,  यो विश्वव्यापी मापदण्ड (३०-४०%) भन्दा धेरै माथि रहेकाे क्लिनिककाे दाबी छ ।

आइभिएफ मार्फत् सन्तान प्राप्तिको सम्भावाना उच्च रहेको भए पनि हाम्रो समाजमा प्रजनन् स्वास्थ्यसम्बन्धी खुलेर कुरा गर्ने परिपाटी नभएका कारण मानिसहरु आधुनिक गर्भधारणका सम्भावनाबारे अनभिज्ञ छन् । त्यसका लागि वात्सल्यले विभिन्न सामाजिक संजालमार्फत् निरन्तर रुपमा जानकारीमूलक सामग्री राख्दै आएको छ । सिधै चिकित्सक सँग प्रश्न सोध्न मिल्नेगरी फेसबुक लाइभ समेत गर्ने गरेको छ । साथै युट्युब भिडियो, टिकटक आदिका माध्यमबाट सचेतना फैलाउने कार्यलाई पनि निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV