१५ भाद्र २०७८, मंगलवार

पाल्पा । २०३ वर्ष अघिदेखि चल्दै आएको पाल्पाको सबैभन्दा ठूलो जात्रा ‘श्री ७ रणउजेश्वरी भगवतीको २०३ औँ रथयात्रा’ यो वर्ष नित्य पूजामै सीमिति हुने भएकाे छ । कोरोना भारस महामारीका कारण उक्त रथयात्रा ननिकालिने भएको छ । गत वर्ष पनि यस्तै भएकाे थियाे ।

पश्चिम नेपालकै ठूलो जात्राको रुपमा चिनिने र विजय उत्सव तथा सिन्दुर जात्राको रुपमा मनाइने पाल्पाको भगवती जात्रा यो वर्ष भाद्र १५ गते परेको छ ।

रथयात्राको दिन भगवती मन्दिर र रथयात्राको अवलोकन गर्न हजारौँ भक्तजनहरुको भीड लाग्ने गर्दथ्यो । तर यसपटक भक्तजनहरुका लागि ११ः३० बजेसम्मको लागि मात्र पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरी मन्दिर प्रवेश तथा दर्शन गर्न पाइने व्यवस्था गरिएको छ ।

मन्दिरलाई कृष्णाजन्माष्टमीको रातिदेखि नै सिँगारेर झिलीमिली पारिएको हुन्छ । यो वर्ष पनि कोरोनाका कारण पाल्पामा मनाइने जात्राहरु सांकेतिक रुपमा मात्र मनाइएको थियो । कोभिड- १९को संक्रमण व्यापकरुपमा फैलिरहेको स्थितिमा डिसिएमसीले जारी गरेको सुचनाका साथै भगवती गुठी व्यवस्थापन समितिको निर्णयअनुसार यस वर्षको जात्रालाई मन्दिरभित्र मात्र सांकेतिक रुपमा मनाउन लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिनुभयो ।

वि.स. १८७६ सालदेखि पाल्पामा यो जात्रा मनाइँदै आएको छ । पाल्पाका कमाण्डर उजिर सिं थापाको फौजले १८७६ मा बुटवलको जितगढीमा अंग्रेज फौजमाथि विजय गरेको दिनको सम्झनामा यो जात्रा मनाइँदै आएको हाे ।

यस जात्रामा पछिल्लो समय प्रदेश ५ सरकारले समेत स्थानीय बिदा दिने निर्णय गरेबमोजिम आजको दिन पाल्पा जिल्लामा बिदा छ । यसपटक पनि भगवती जात्राको रौनक नहुने हुँदा मन्दिर व्यवस्थापन समितिलगायत भक्तजनहरुमा भने निराशा छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV