१४ भाद्र २०७८, सोमबार

काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम सोमबार नेपाल आएको छ । भारतीय टोलीलाई त्रिभुवन बिमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरेका थिए ।

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको छ । भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्रीलगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा हो ।

नेपाल आएलगतै कप्तान क्षेत्रीले आफ्नो टिममा पनि युवा खेलाडीको बाहुल्यता रहेको र नेपालसँग खेल्न उत्साहित रहको बताए । नेपालसँगको खेल आफूहरुलाई निकै महत्वपूर्ण रहेको बताउँदै उनले नेपाली टिमलाई कमजोर नआँक्ने पनि बताए ।

सिनियर खेलाडीहरुको अभाव आफ्नो टिममा खड्कने बताउँदै काठमाडौंमा अभ्यास गरेपछि कमजोरी सुधार हुने उनले बताए । भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

उक्त मैत्रीपूर्ण खेल भदौ १७ र २० मा हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसीपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV