१४ भाद्र २०७८, सोमबार

काठमाडौँ । मुलुकभर आज श्रीकृष्ण जन्मअष्टमी मनाइदै छ । श्रीकृष्ण जन्माष्टमी उपलक्ष्यमा ललितपुरको पाटनमा रहेको कृष्णमन्दिमा पनि भीड लागिरहेको थियो ।

अघिल्ला वर्षहरुमा जस्तै कृष्ण मन्दिरमा भक्तजनहरुको भीड लागिरहेको थियो । सोमबार पाटन क्षेत्रमा पानी प¥यो, जसका कारण पाटनको कृष्णमन्दिरस्थित पाटन क्षेत्र जलमग्न भयो ।

बाटोमा तथा मन्दिर क्षेत्रमा पानी जमेपछि दर्शानार्थीलाई आवतजावतमा समस्या भयो । मन्दिरमा दर्शकाका लागि जम्मा भएको भीडपनि केही समय तितरवितर हुन पुग्यो । जन्माष्टमीका दिन पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ।

यस वर्ष भने नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र गरिने जनाइएको छ। तर श्रीकृष्ण जन्माष्टमीका दिन सोमबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV