१४ भाद्र २०७८, सोमबार

काठमाडौं । सिसडोल ओखरपौवाका स्थानीयले विरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ । सोमबार ‘युथ कांग्रेस नेपाल’ ले सोमबार सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो ।

२ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको बिरोध गरेका हुन् ।

स्थानीयको विरोधपछि अहिले काठमाडौंको फोहोर तीन सातादेखि उठ्न सकेको छैन । लामो समयसम्म नुवाकोटकै बन्चरेडाँडाको ल्याण्डफिल साइट तयार नहुँदा यस्तो अवस्था आएको हो ।

यता, काठमाडौँ महानगरपालिकाका मेय विद्या सुन्दर शाक्यले केही दिनदेखि वर्षाका कारण सिसडोल ल्याण्डफिल साइटसम्म जाने बाटो विग्रिएका कारण नियमित रुपमा फोहोर व्यवस्थापनमा केही कठिनाइ भैरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV