१४ भाद्र २०७८, सोमबार
  • भगतराम थारु,

नेपालगञ्ज । मुलुकभर आज श्रीकृष्ण जन्मअष्टमी मनाइदै छ । बाँकेको नेपालगञ्जस्थित बागेश्वरी मन्दिर, राप्तीसोनारीको भुवर भवानी मन्दिर, खजुरालगायत क्षेत्रका मठमन्दिरहरुमा पूजापाठ गरी कृष्ण जन्मअष्टमी मनाइदै छ ।

नेपालगञ्जको बागेश्वरी मन्दिरमा विहानैदेखि कृष्ण जन्मअष्टमी पर्व मनाइरहेका ब्रतालुहरु पूजाआज गरी कृष्ण जन्मअष्टमी मनाइरहेका बागेश्वरीका पूजारीको भनाइ छ । कोरोना महामारी र लकडाउनका कारण गत वर्ष कृष्ण जन्मअष्टमी मनाउन नपाएका ब्रतालुहरु यस वर्ष भने धुमधामका साथ ब्रत बसी कृष्णा जन्मअष्टमी मनाइरहेका छन् ।

विगतका वर्षहरुमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरेको भएतापनि यसवर्ष भने कोरोना महामारीका कारण मन्दिरमा खासै चहल पहल छैन ।

कृष्ण जन्माष्टमीको दिन अत्याधिक भीडभाड हुने बागेश्वरी मन्दिरमा यसबर्ष भने खासै चहलपहल नरहेको स्थानीय बुद्धिराम ढकालले बताए । कृष्ण जन्मअष्टमी पर्व थारु समुदायले भने फरक किसिमले मनाउने गरेका छन् ।

थारु समुदायले विहानैदेखि भोकै ब्रत बसी साँझापख सामूहिक रुपमा पूजापाठ गरेर कृष्ण जन्मअष्टमी मनाउने गरेका छन् । सामूहिक रुपमा मनाउने कृष्ण जन्मअष्टमीमा उनीहरुले घरबाट दियो बालेर नजिकैको मठमन्दिर एवं बडघरको घरमा गई सामूहिक रुपमा कृष्ण जन्मअष्टमी मनाउने गर्दछन् ।

दिनभर भोकै बसेका उनीहरु ४ बजे पूजापाठ गरेर फलफूल खाने र साँझा पुनः पूजापाठ गरेको ठाउमा नाचगान तथा गत गाउने चलन रहेको थारु अगुवा हेमेन्द्र चौधरीले बताए । त्यस्तै रातभर रमाइलो गर्ने र विहानै मिठा मिठा परिकार बनाएर पूजापाठ गरी एक भाग दिदीबहिनीको लागि छुट्याएर पु¥याउने चलन रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV