१४ भाद्र २०७८, सोमबार

इलाम ।  इलाम जति सुन्दर छ, त्यति नै इलाममा दूधबाट बनेका कोशेली प्रसिद्ध छन् । इलाम पुगेपछि जोकोहीले पनि इलाममा उत्पादन भएका ललिपप, बम्वैसन, छुर्पी चाखेर झोलाभरि कोशेली बोकेर फर्कने गर्दछन् । तर अहिले नेपालमा आएको दोस्रो लहरको कोरोनाका कारण निरन्तरको लकडाउनले यस्ता कोशेली उत्पादन गर्ने उद्योगहरु बन्द हुने अवस्थामा रहेका छन् ।

लगातार वन्दको कारण भएको खुवा पनि विग्रिएको र सामान वनाउनको लागि अहिले वजार नखुलेकोले कामदारलाई पारिश्रमिक समेत दिन नसकेर उद्योग वन्द गर्नुपर्ने अवस्थामा रहेको इलाम ललिपप् उद्योगका सञ्चालक चन्द्र राई वतउँछन् । उनी भन्छन अधिल्लो वर्षत १०÷१५ लाखको सामान विग्रियो यो वर्षपनि अवस्था उस्तै छ ।

इलाममा उद्योगहरुको अवस्था निगरानी गर्ने कार्यालय घरेलु तथा सानउद्योगमा दर्ता भएका यस्ता धेरै उद्योग त बन्द भई सकेका छन् लगतार लकडानको कारण उद्योगहरु धरासाही भएका हुन ।

नेपाल सरकारले अधिल्लो साल त लकडाउनमा परेका उद्योगहरुको तथ्याङ्कक संकलन गर्न लगायो तर राहात भने दिएन यस्ता उद्योगहरुलाई कुनै राहात सहयोग नभएकाले पनि वन्द हुने अवस्थामा पुगेको घरेलु तथा सानाउद्याग कार्यालय इलामका सूचना अधिकारी युवराज घोरसाई बताउँछन् ।

इलाममा सञ्चालीत यस्ता १२ भन्दा वढी उद्योगले ३ महिना यता काम पाएका छैनन् । उद्योगसंग भएको लाखौँको सामन पनि विग्रेर गएको छ । इलाममा उत्पादित ललिपप्, बम्वैसन र अन्य दुधका परिकारहरु इलाममा मात्र नभएर झापको विर्तामोड, सुनसरीको धरान र काठमाण्डौँमा समेत ठूलो परिमाणमा बिक्री हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV