१४ भाद्र २०७८, सोमबार

कञ्चनपुर । सुदूरपश्चिमको लोक तथा मौलिक संस्कृतिमा आधारित गौरा पर्वको आज चौथो दिन अष्टमी अर्थात् अठवाली, गौरा देवीको पूजा आजा गरी मनाइँदै छ ।

अष्टमीमा सम्पूर्ण देवी-देवताको गाथा गाउने र पूजाआजा गर्ने गरिन्छ । साथै मठ-मन्दिर वा विशेगरी गाैरे-खलामा ठूलो मेला लाग्ने गर्दछ ।

महिलाहरु ब्रत बसेर गौरा देवीलाइ बाहिर निकाल्दै नाच्दै, पूजाआजा गर्दै शिव-पावर्ती र सम्पुर्ण देवी देवताका गाथा गाउने गर्छन् । यसै हुनाले आजको दिनलाइ अठवाली पनि भन्ने गरिएकाे हाे ।

अष्टमीमा व्रतालु महिलाहरूले पञ्चमीका दिन भिजाएको पञ्च अन्न (बिरुडाले) आफ्नो परिवार, नातागाता र साथीभाइको टाउको पुजी सुख, समृद्धि र चिरायुको कामना गर्दै गौरा देवीको पूजा-आराधना गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV