१४ भाद्र २०७८, सोमबार

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले गेटाफेमाथि जित निकालेको छ । गएराति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २-१ गोल अन्तरले पराजित गरहेको हो ।

बार्सिलोनालाई जित दिलाउनको लागि सर्जी रोबर्टो र मेम्फिस डिपाएले गोल गरे । गेटाफेको लागि सान्ड्रो रामिरेज गोल गरे । तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको दोस्रो मिनेटमा नै राबर्टोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले जोर्डी अल्बाको क्रसमा गोल गरेका थिए । खेलको १८ औं मिनेटमा सान्ड्रो रामिरेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

३० औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै बार्सिलोनाको अग्रता पुनस् स्थापना गरे । उनले फ्रेंकी डे जोङको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बार्सिलोनाले जित्यो ।

यस जितसँगै बार्सिलोनाको ३ खेलमा ७ अंक पुगेको छ । गोलअन्तरको आधारमा चौथो स्थानमा रहेपनि बार्सिलोनाले शीर्षस्थानमा रहेको रियल म्याड्रिड, सेभिया र भ्यालेन्सियासँग अंक बराबर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV