१३ भाद्र २०७८, आईतवार
  • तारा आचार्य,

विराटनगर । संसदमा विचाराधीन रहेको नागरिकता विधेयक पारित हुनुपर्ने माग राख्दै नागरिकता पीडित संघर्ष समिति मोरङले विराटनगरमा सांकेतिक प्रर्दशन गरेको छ ।

आइतबार (आज) मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ज्ञापन–पत्र बुझाउँदै समितिले जिल्ला प्रशासन कार्र्यालय अगाडि प्रर्दशन गरेको हो । युवाहरुले नागरिकता विद्येयक पारित गर, हाम्रो पहिचान कायम गर र हामीलाई नागरिकता खोई त सरकार लगायतका प्लेकार्ड सहित प्रर्दशन गरेका थिए ।

उमेर पुगेका नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र दिनुपर्ने उनीहरुको माग छ । नेपालको संविधानमा नागरिकता सम्बन्धी व्यवस्था गरिएको भएपनि विभिन्न राजनीतिक कारण देखाउँदै नागरिकता विधेयकलाई अलपत्र पार्न खोजिएको उनीहरुको भनाइ छ ।

नागरिकता विधेयक राजनीतिक दलहरुका लागि चुनावी एजेण्डा मात्र बन्दै आएको उनीहरुले औंल्याएका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि सांकेतिक प्रर्दशन गर्दै युवाहरुले नागरिकताको अभावमा अहिले पनि नेपालका एक तिहाई युवा जनशक्तिको भबिष्य अन्यौलमा रहेकोे बताएको छन् ।

नागरिकताको अभावमा अधिकांश युवाहरु उच्च शिक्षा र रोजगारीबाट समेत बन्चित भएको र नागरिकता सम्बन्धी विधेयक अझैपनि संसदीय प्राथमिकतामा नपर्नु दुःखद् भएको गुनासो गरेका छन् ।

सरकारले चुुनावका बेला मात्रै नागरिकता विद्येयक सम्झँँदै आएको उनीहरुको गुनासो छ । उनीहरुले ‘हामीले नागरिकता कहिले पाउने ?, हाम्रो बुवाआमा नेपालका नागरिक हामी चैं कहाँका नागरिक ?, एउटै बुवाआमाका सन्तानसँग दोहोरो व्यवहार ?’, भन्दै सरकार समक्ष प्रश्न समेत गरेका थिए ।

यसअघि जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन नागरिकता अध्यादेश जारी गरेकी थिइन् । तर, राष्ट्रपति भण्डारीद्धारा जारी ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’ राष्ट्रघाती रहेको भन्दै चौतर्फी आलोचना र विरोध हुन थालेपछि हाल उक्त अध्यादेश पनि अलपत्र छ ।

प्रर्दशनमा उनीहरुले नेपाली भएपनि नागरिकता नभएका कारण आप्mनै देशमा काम गर्न नपाएको गुनासो गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV