१३ भाद्र २०७८, आईतवार

काठमाडाैँ । लायन्स क्लब अफ काठमाडौं पूर्ण तारा र संकटको अवस्थामा राहत संकलन तथा वितरण समिति वडा नं ५ ल.पु.को संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

शिविरमा आनन्दवन अस्पताल लेलेको हाडजोर्नी विशेषज्ञ डा.असिम विष्ट र आई केयर सेन्टर प्रा. लि. रविभवन, काठमाडौंको फाको तथा रेटिना सर्जन डा. चुनु श्रेष्ठ द्वारा निशुल्क जाँच र औषधी वितरण गरिएकाे हाे ।

साे क्रममा हाड-जोर्नीसम्बन्धी १०५ जना बिरामी र आँखा जाँचसम्बन्धी १८४ जना बिरामीलाई निःशुल्क जाँच तथा औषधी वितरण गरिएको थियो  ।

निशुल्क स्वास्थ्य परीक्षणका अवसरमा लायन्स क्लब अफ काठमाडौं पूर्णताराकी संस्थापक अध्यक्ष अर्चना सिंह सिजापतिले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम निरन्तर राखिने जानकारी गराउनुभयो ।

कार्यक्रममा लायन्सका डिष्ट्रिक्टबाट डिष्ट्रिक्ट को-चिफ एडभाइजर भीम पौडेल, क्लस्टर चिफ यमुना भन्डारी, पूर्ण तारा क्लबका प्रथम उपाध्यक्ष ई. आनन्द रानाभाट र कार्यक्रमको संयोजक एवं क्लबकी द्वितीय उपाध्यक्ष श्रीमती चित्रा बिष्टले पनि आआफ्नो धारणा राख्नभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV