१३ भाद्र २०७८, आईतवार

एजेन्सी । इटालियन सिरी ‘ए’मा युभेन्ट्स नवप्रवेशी इम्पोलीसँग पराजित भएको छ । गएराति भएको खेलमा युभेन्ट्स घरेलु मैदानमा नै इम्पोलीसँग १-० ले पराजित भएको हो ।

युभेन्ट्सलाई पराति गर्न लियोनार्दो मानकुसोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २१औं मिनेटमा गोल गरेका थिए ।

रोनाल्डोले क्लब छाड्ने पक्का भएपछि उनी युभेन्ट्सको प्रशिक्षण क्याम्पमा सामेल भएका थिएनन् ।

पहिलो खेलमा युडिनेसे र युभेन्ट्सले २-२ गोलको बराबरी खेलेका थिए।

जितपछि इम्पोली २ खेलबाट ३ अंक जोड्दै ११औं स्थानमा रहँदा जित निकाल्न नसकेको युभेन्ट्स २ खेलबाट १ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

यता लगातार दोस्रो जित निकाल्दै लाजियो शीर्ष स्थानमा पुगेको छ। लाजियोले शनिबार स्पेनिजियालाई ६-१ ले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV