१३ भाद्र २०७८, आईतवार

एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिड शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई १–० गोल अन्तरले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा ड्यानी कार्भाजलले गरेको गोल नै निर्णयक गोल बन्यो । ६१औं मिनेटमा बेन्जेमाबाट पासमा उनले गोल गरेका थिए ।

त्यसअघि ५४औं मिनेटमा करिम बेन्जेमाले गोलले मान्यता पाएन । क्यासमिरोको पासमा बेन्जेमाले गरेको गोल अफसाइड ठहरिए ।

यो जितसँगै अपराजित रहेको रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान ७ अंक नै भएपनि सेभिया, भ्यालेन्सिया र मलोर्का गोल अन्तरमा शीर्ष चारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV