१२ भाद्र २०७८, शनिबार

एजेन्स । अफगानिस्तानमा रहेको अमेरिकी दूतावासले केही घण्टा अगाडि एक चेतावनी जारी गर्दै अमेरिकीहरुलाई काबुल विमानस्थलबाट टाढा रहन सल्लाह दिएको थियो ।

चेतावनीमा काबुल विमानस्थलमा सुरक्षा जोखिमलाई ध्यानमा राखी, यो सल्लाह दिइन्छ कि अमेरिकी नागरिकहरुलाई एयरपोर्ट तिर नजान र एयरपोर्ट गेटबाट टाढा रहन भनिएको।

अमेरिकी नागरिक जो एबी गेट, पूर्वी गेट, उत्तरी गेट वा नयाँ मन्त्रालय गेटमा छन् उनहरुले ती स्थानहरु तुरुन्तै छोड्न आग्रह गरिएको छ ।

मानिसहरुलाई स्थानीय मिडियामा आउने समाचारहरुमा नजर राख्न, स्थानीय प्रशासन को सुझाव को पालन गर्न, एक आपतकालीन योजना तयार राख्न र सधैं सतर्क रहन निर्देशन दिइएको छ।

मानिसहरुलाई अमेरिकी विदेश विभागको ट्विटर र फेसबुक पेजलाई पछ्याउनको लागि भनिएको छ । स्मार्ट यात्री नामांकन कार्यक्रममा सामेल हुनको लागि अनुरोध गरिएको छ। यस्तो गरेमा उनीहरुलाई समयमै प्राप्त गर्न सक्छन् र यदि उनीहरु समस्यामा परेमा जानकारी ट्र्याक गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV