१२ भाद्र २०७८, शनिबार
  • युवराज आचार्य,

झापा । आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँदै आएका झापा मेचीनगर–१५ का दर्जन बढी किसानहरु जनप्रतिनिधिको निजी स्वार्थ र बेवास्ताका कारण अहिले आफ्नो परिवारको गुजारा चलाउन नसक्ने अवस्थामा पुगेका छन् ।

खेतीपाती गरेर जीविकोपार्जन गरिरहेका मेचीनगर १५ स्थित न्यु ज्यामिरगढी क्षेत्रका किसानलाई अहिले खेतीयोग्य जमिन स्थानीय निन्दा खोलाले कटान गरेपछि परिवार पाल्न समस्यामा परेका हुन् ।

खोला नियन्त्रणका लागि तटबन्ध गरिदिन पटकपटक स्थानीय सरकारसंग जानकारी गराउँदा पनि बाँध निर्माणका लागि सहयोग नपाएको स्थानीयको गुनासो छ । यस क्षेत्रमा तटबन्ध निर्माण गर्न मेचीनगर नगरपालिकाले बजेट पनि छुट्याएको थियो ।

तर नगरपालिकाले छुट्याएको बजेट कता गयो ? यहाँका स्थानीयले नै थाहा पाउन सकेका छैनन् । ८ लाख बजेट छुट्याएको भनेर जानकारी पाएका किसान अहिले बजेटको सन्दर्भमा अनभिज्ञ झै छन् ।

वडाका जनप्रतिनिधिले आफ्नो निजी स्वार्थका कारण आफ्नो खेत र जमिन पट्टी पर्ने क्षेत्रमा तटबन्ध बनाएको तर अन्य भागमा त्यसै छाडेपछि आफुहरू समस्यामा परेको स्थानीयवासीको दावी छ ।

अविरल वर्षाका कारण निन्दा खोलामा पानीको बहाव बढेको छ । खोलाको पूर्वपट्टी बाँध बाधेका कारण बाढीले आफ्नो धार परिवर्तन गर्दा खोला पश्चिमतर्फको ४÷५ बिगाह जग्गा खोलामा परिणत भएको छ भने १५÷२० बिगहा खेतीयोग्य नम्बरी जग्गाखोलाको बगरमा परिणत हुने सम्भावना बढ्दै गएको छ ।

यसरी वर्षदिनसम्म हातमुख जोर्ने सहारा रहेको बालीमा खोला कुदेपछी सो क्षेत्रका किसानहरु जस्तै अन्य थुप्रै परिवारको बिचल्ली सुरु भएको छ । यतामेचीनगर १५ का वडाध्यक्ष गुणराज भट्टराईले समस्या भएको स्वीकार्दै, आफुले आवश्यकताका आधारमा काम गरिरहेको र समस्याभएका ठाउँमा पहल थालिने बताए ।

धार परिवर्तन गरेर बगेका नदीलाई पहिलेकै अवस्थामा फर्काउन सम्बन्धित निकाय र सरकार गम्भीर नबने आगामी दिनमा पनि सयौँ किसानको बिल्लीबाँठ हुने निश्चित छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV