१२ भाद्र २०७८, शनिबार

एजेन्सी । तालिवानले अफगानिस्तानको स्वास्थ्य मन्त्रालयमा कार्यरत सबै महिला कर्मचारीहरुलाई काममा फर्कन आग्रह गरेको छ।

तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले सामाजिक सञ्जालमा भनेका छन् , काबुल र अन्य प्रान्तमा बस्ने सबै महिला स्वास्थ्यकर्मीहरु आफ्नो जागिरमा फर्कनु पर्छ। उनले आफ्नो ट्वीटमा अन्य कुनै विभागमा कार्यरत महिला कर्मचारीहरुको उल्लेख गरेका छैनन्। यसअघि सबै महिला कर्मचारीहरुलाई घरमा बस्न र बाहिर ननिस्कन भनिएको थियो।

जबीहुल्लाह मुजाहिदले काबुलका जनताका लागि अर्को आदेश जारी गर्दै भने, ‘यदि मानिसहरुसंग कुनै प्रकारको हतियार, गोला बारुद वा सरकारी सम्पत्ति छू उनीहरुलाई एक हप्ता भित्र फिर्ता दिनु पर्छ र यस बीचमा यदि कोहिसँग यी सामानहरु छन् भने यसको लागि सजाय नपाओस्। ‘

प्रतिक्रिया दिनुहोस्

LIVE TV