१२ भाद्र २०७८, शनिबार
  • ज्योति कुमार पन्थी,

बर्दिया । बर्दियाको राजापुरमा लागूऔषध सहित १ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको कारोबार गर्ने गरेको आशंकामा खान तलासी गर्दा राजापुरस्थित बिर्यानी एण्ड कफी शपका सञ्चालक अलिम अन्सारीलाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा खटिएको टोलीले अन्सारीलाई नियन्त्रणमा लिएको हो ।

अन्सारीले सञ्चालन गरेको बिर्यानी पसलबाट प्रहरीले नित्रजेपाम ट्याबलेटसीप ५८० चक्की, इस्पामो प्रोसिभोन प्लस नामको ११ पत्ता प्रति पत्तामा २४ चक्की २ सय ६४ चक्की, एलाप्रासेफ ०.५ लगायत ४ सय २० चक्की, १ थान भिभो मोबाइल, नगद नेपाली ३ हजार ७ सय ७० र भारतीय २ सय २० रुपैयाँसहित अन्सारीलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV